-बैशको जवानी पोख्दै गर्दा भेटिए पूजा र सुर्दशन (भिडियो सहित)

 PLAYकाठमाडौँ । यस अघि सफल चलचित्र निर्देशन गरिसकेका स्व. निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र अझै पनीको चौथो गीत रिलीज गरिएको छ । ‘के गर्दा मिल्छ मिठो पिरती’ बोलको गीतमा अभिनेत्रा सुदर्शन थापा र अभित्रनत्रै यो जोडी कै पुजा शर्माको प्रेम र रोमान्सलाई कैद गरिएको छ ।


वैँशालु यौवनमा प्रवेश गरेको पुजा र सुर्दशनको जोडी नै अझैका मुख्य आर्कषक हुन् । यो जोडीबाहेक चलचित्रमा सुरक्षा पन्त, प्रमिला खनाल, पुष्पा खड्का, विशाल ढुङ्गाना, बिपना धिमाल, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगायतका कलाकारहरुको अभिनय छ । प्रस्तुत गीतमा डा कृष्णहरी बरालका शब्द तथा महेश खड्काको संगीत रहेको छ भने दिपक लिम्बु र शहिमा श्रेष्ठले स्वर दिएका छन् ।

सामाजिक प्रेम कहानीमा आधारित यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । चलचित्रले नेपाली समाजका केहि भोगिएका तर नदेखिएका घटनालाई पर्दामा प्रस्तुत गर्ने बताईएको छ । ‘अझै पनि आगामी फागुन १५ गते देशव्यापी रिलिज हुने भएको छ ।
भिडियो हेर्नुस :
साभार श्रोतः कुविक एनपी न्युज 

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट