-वि.सं. २०७३ सालबाट मात्र देशमा शान्ति हुन्छः भविष्यवाणी-

 CLICK HERE
पूर्वी नेपालको धनकुटामा २३ वर्ष अघि जन्मिएर हाल जावलाखेल ललितपुरमा बस्ने युवा ज्योतिष सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन् । उनले अहिलेसम्म पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेतृ पम्फा भुषाल, नायीका रेखा थापा लगायतका चर्चित अनुहारको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन् । सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै ११ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् । प्रस्तुत छ उनै माताजीसंग हरेकपल डट कमको घुम्ने मेचमा गरिएको सवाल जवाफको सम्पादित अंश ।
तपाईलाई के भनेर सम्बोधन गरौं ?
जे भने पनि हुन्छ, भविष्यबाणी हेर्ने पेशा हो मेरो । मैले ज्योतिष विद्या अध्ययन गरेको होइन । मलाई स्वतः अलौकिक शक्ति आएको हो । मलाई यो सवै भगवानका कृपाले प्राप्त भएको हो । अध्ययनको कुरा गर्नुपर्दा मैले स्नातक तह अध्ययन गर्दै थिए । कारणबस म यही भविष्यबाणी हेर्ने क्रममै व्यस्त भएर पढाईलाई निरन्तरता दिन सकिन । तर अध्ययनलाई मैले पुरा गरेरै छाड्छु ।
ज्योतिष विद्या पढ्ने रहर छ की यसैले पुग्छ ?
ज्योतिष विद्या पढ्ने भन्दा पनि, मलाई अझै बढी अलौकिक शक्ति प्राप्त हुन्छ की भन्नेमा म छु ।
कसरी प्राप्त हुँदोरैछ अलौकिक शक्ति भन्न मिल्छ ?
 CIICK HEREमैले मिडियामा भने मात्र त हो मेरो बारेमा अरुले जान्ने । मैले यो कुरा नभन्नु भनेको म भित्र रहेको कललाई लुकाएर राख्नु जस्तै हो । मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । मैले हेर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ । यो सबै पोजेटिभ थिङ्किङ् र पवित्र मन भयो भने आउने हो । पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो । बोलीकै भरमा मैले साढे ४ लाख बढी मान्छेको भविष्यबाणी गरिसकेको छु । आवाजबाटै मान्छे नदेखिकनै । यसैगरी ६ लाख जतिसँग मैले प्रत्यक्ष भेटिसकेकी छु । सबै कुरा अलौकिक शक्तिले पनि हो । ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु पनि मैले भेट्ने अवसर पाएँ । उहाँहरु चाही जन्म कुण्डली नक्षेत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो । चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन । मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु ।
मैले यसैको माध्यमबाट धेरै व्यक्तिहरुसँग भेट गर्ने अवसर पाए । म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु ।
अब राजनीतिका कुरा गरौँ है त ?
(हाँस्दै) हुन्छ ।
तपाईंले २०६४ को संविधानसभाले संविधान दिँदैन भनेको कुरा हामीले पहिलानै थाहाँ पाएका थियौँ अहिलेको संविधानसभाले संविधान दिन्छ कि दिँदैन ?
मैले २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । तर अहिलेको संविधानसभाबाट संविधान बन्ने संम्भावना भने म देख्दिन् । यो २०७२ साल सम्म यस्तै हुन्छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु । संविधान सभाका अध्यक्षको भविष्यबाणी गर्ने हो । अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ । त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन ।
त्यहाँ त बस्ने मात्रै हो अरु सबै काम त सिंहदरबारमा हुन्छ नी ?
कुनै पनि कामको निर्धारण गरिनुलाई महत्वपुर्ण मानिन्छ । त्यो स्थान त्यति राम्रो देखेको छैन । अफिस र घरमा धेरै फरक छ नी । अफिसमा आएर बिमको मुनि बस्नु भयो र नकारात्मक दोष रहेछ भने तपाई घर पुग्दा तनाबमा हुनुहुन्छ । त्यसैले कार्यालयको बास्तु मिलेको हुनुपर्छ । जुन अहिले रहेको संविधानसभा भवनमा छैन । जुन व्यक्ति जहाँ बसेर काम कुराको निर्धारण गर्छ त्यो नै प्रमुख रहन्छ ।
तपाईसँग त उग्र क्रान्तिकारिताका कुरा गर्ने नेता नेतृहरु पनि पुग्नु भएछ है ?
मेरो एउटा भावनाको नाताले मेरो निम्ति सबै मान्छे बराबर हो । मान्छे मार्ने व्यक्ति हुन चाहे गुण्डागर्दी गर्ने व्यक्ति हुन् । राजनीतिमा धेरै राम्रो नाम कमाउने व्यक्ति हुन् चाहे पूर्व राजा हुन् सबै मेरा भक्तजन हुन् । सबै क्षेत्रका व्यक्तिहरुको भविष्य फल हेर्दा सबैलाई समान ठान्छु । मेरो सबै जनालाई भेट्ने अबसर मिलेको हो मेरो पनि भाग्य हो । मसँग आउनेहरुले माताजी म यो बन्छु की बन्दैन भन्दै आउनु भने भएको छैन ।
पूर्व राजा ज्ञानेन्द्रको भविष्य फल हेर्दा के सोध्नुभयो त उहाँले ?
उहाँलाई मैले डेढ बर्षदेखि भेट्न चाहेको थिए । त्यसैक्रममा एक जना पत्रकारको सहायताले पूर्वराजाका सचिब फणिन्द्रराज पाठकसँग भेट भयो र उहाँले पूर्वराजासँग भेट्ने समय मिलाई दिनुभयो । पूर्व राजासँग निर्मल निवासमा भेट भएको हो । देशमा के कारणले यो भयो भन्ने कुरा मलाई थाहाँ छ तर अहिलेनै भने यो सार्वजनिक गर्दिन् । पूर्वराजा केही बोल्नु भएन मुसुमुसु मात्रै हाँसी राख्नुभयो । मैले के देखे भने अझै फेरि एक पटक देशमा राजसंस्था आयो भने देशमा शान्ति छाँउछ ।
ए राजतन्त्र फर्किन्छ भन्नेमा तपाईको भविष्यबाणी ?
हजुर हो । यो कुरा त मैले पहिला पनि भनिनै रहन्थे । हुन त पूर्व राजा ज्ञानेन्द्र शाहको योग भनेको तीन पटक राजा हुने योग हो । तर उहाँले म कहिले राजा हुन्छु भनेर भने सोध्नु भएन ।
तीन पटक राजा हुने योग भन्नुभयो ? एक पटक त्रिभुवनले राजगद्दि छोडेर दिल्ली जाँदा, एक पटक दरवार हत्याकाण्ड पछाडि र अब फेरि राजा बन्दै हुनुहुन्छ भनेको ?
यो विषयमा एक जना पत्रकारले माताजी ज्ञानेन्द्र त तीन पटक राजा भइसक्नु भयो भनेर भन्नु भएको थियो उहाँ कतिपटक हुनुभयो भन्ने त मलाई थाहाँ भएन । तर बास्तबमा उहाँको तीन पटक राजा बन्ने योग त मैले देखे ।
प्रधानमन्त्री सुशील कोइरालाको भविष्य हेर्नुभयो ?
उहाँलाई प्रत्यक्ष त भेट गर्न पाएको छैन, तर उहाँको भविष्य कसैको माध्यमबाट हेरेको छु ।
कोइरालाको नेतृत्वमा संविधान बन्छ ?
गाह्रो छ ।
कोइराला पछिको प्रधानमन्त्री को त ?
मेरो भविष्यबाणी अनुसार के.पी ओली प्रधानमन्त्री रहनै पर्छ । ओलीको प्रधानमन्त्री बन्ने योग छ ।
पछिल्लो समय दैबि प्रकोपका घटनाहरु भए यसमा पनि अलौकिक शक्ति हो त ?
सिन्धुपाल्चोकको पहिरोको कुरा हो । विभिन्न व्यक्तित्वको ज्यान गयो । मैले पनि हात हेरेका २ जना व्यक्तिहरु त्यसमा पर्नुभयो । उहाँहरुको मृत्यु भएको मैले सपनाको माध्यमबाट थाँहा पाए । कसैसँग बुझ्दा खेरि उहाँहरुको मृत्यु भइसकेको रहिछ । तर मैले आज भन्दा ४ महिना अगाडि भविष्यबाणी गर्दा तपाईलाई पूर्व दिशामा बस्दा राम्रो हुन्छ त्यहाँ तपाईलाई अफाप छ भनेकी थिएँ । त्यहाँ पनि नागले बास गरेको ठाँउ नाग पञ्चमीका दिनमा ठूलै अजिंगर मारिएको थियो भन्ने कुरा पनि छ ।
देशका अन्य ठाँउमा पनि दैवि प्रकोप आउँछ अँझै ?
२०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७१ साल देशकालागि एक दमै डरलाग्दो साल हो ।
साहित्यीक कुरा गरौं, त्यो र यो काम गर्न त अप्ठेरो होला नी त ?
भविष्य हेर्ने काम मेरो पेशा बनाएकी छु भने साहित्य भनेको कुनै बेला कसैलाई भेट्दाखेरि कुरा गर्दा मात्रै फुर्ने विधा हो मेरा लागि । म कहाँ हात हेराउन आउनेहरुको प्रेम देख्दा खेरि यो गजल भन्ने गर्छु ।
कति धेरै सम्झनाको तरेलीमा आयौ तिमी
निदाइन रातैभरी, परेलीमा आयौ तिमी ।।
घर परिवार तर्फ फर्कौ, घरमा को को हुनुहुन्छ ?
मेरो घरमा बुवा मम्मी हामी चार जना दिदी बहिनी र एक जना भाइ छौ । भाइ बिराटनगरमा पढ्दै छन् । बहिनीहरु तीन जना उतै धनकुटामै छन् । म घरेको जेठी छोरी हुँ । मेरो पेशाले नै गाँउमा बुवा मम्मीदेखि
विराटनगरमा भाइ पढाउने गरेकी छु । मेरो मम्मी तीन बर्षदेखि विरामी हुनुहुन्छ उहाँको पनि उपचार गर्ने गर्छु ।
अरुको भाग्य हेर्ने मान्छे तपाई कसरी दुःखी ?
यसमा ज्योतिषका छोरी विधुवा भन्ने उखान जस्तै हो । यसरी बुझ्नुस् न तपाईको घरमा एकदमै धेरै साग टमाटर रोप्नुभयो भने ती चिजहरु त तपाईलाई विलकुलै मन पर्दैन । ती भन्दा फरक चिज खान मन लाग्छ नी । भनेपछि जुन छ त्यो चीजको वास्ता हुँदैन । मैले अरुको भविष्य हेर्दा आफ्नो बारेमा हेर्ने फुर्सद पनि हुँदैन । अझ कर्म भएपछि मात्रै भाग्यको कुरा हुन्छ । तपाई यस्तो हुनुहुन्छ भन्दा खेरि तपाईले त्यस्तो काम नगरी यस्तो हुन सक्नुहुन्न नी त ।
अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ । अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन ।
तपाईसँग दोहोरिएर आउने मान्छे कति छन् ?
म कहाँ दाहोरिएर आउने पनि हुनुहुन्छ । कतिले त माताजीलाई भेटेपछि मेरो बुढाले जाँड रक्सी छोड्नुभयो, मलाई यस्तो फलिफाप भयो भन्ने कुराहरु सुनाउनु हुन्छ । मेरो यस्तो प्रगती भयो भन्ने कुराहरु सुनेकी छु । अहिलेसम्म माताजीलाई भेटेर यस्तो गलत भयो भन्नेहरु छैनन् ।
तपाई कहाँ कसरी पुग्ने ?
म विजनेस गर्ने गरि बसेकी छैन । जे जति दिन चाहनुहुन्छ दिन सक्नुहुन्छ । नहुनेले नदिँदा पनि हुन्छ । मेरो मोवाईलमा फोन गरेर म रहेको ठाँउमा आएर भेट्न सक्नुहुन्छ । सामग्रीहरु केहि लिएर आउनुपर्ने हुन्छ । विधी पूजाका सामग्रीहरु । चाहिनकोलागि एक मानो चामल, एक बट्टा अबिर, पूजा गर्ने कपुर अनि फलफुल अनि आफ्नो इच्छाले भेटी । कसैको घरको माटो हेराउन चाहने हो भने माटो पनि लिएर आउनु पर्छ । तिलको तेल चाहिन्छ । मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ । मेरो वेभसाइट www.nepalimata.com मा पनि हेर्न सक्नुहुन्छ ।
साभार श्रोतः harekpal.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट