-फेरि पनि वैज्ञानिकहरूको भविष्यवाणि : पृथ्वीको विनाश हुने खतरा !

CLICK HERE
शिकागो  :संसारको अन्त हुने भविष्यवाणिहरू त कयौं पटक भैसकेका छन तर वैज्ञानिकहरूको एक ताजा अनुमान भने निकै भयावह खालको देखिएको छ ।
डूम्सडे क्लक अर्थात पृथ्वीमा मण्डराइरहेको खतराहरूको अनुमान गर्ने वैज्ञानिकहरूका अनुसार गत तीन बर्षमा क्लाइमेट चेन्ज र परमाणु हतियारहरूका कारण पृथ्वीमा यो खतरा यति धेरै बढेको छ कि पृथ्वी कुनैपनि बेला अन्तिम अस्थामा पुग्न सक्दछ । यसैलाइ मद्देनजर उनीहरूले यस काल्पनिक डूम्सडे क्लकलाइ दुइ मिनेट अगाडी बढाएका छन ।
यसको मतलब के भने पृथ्वीको अन्त हुने खतरा निकै छ । यस घडीलाइ ६८ बर्ष अघि शुरू गरिएको थियो । मिडिया रिपोर्टका अनुसार, यो टाइम चेन्जले संसारका नेताहरू तथा नागरिकको सोचमा परिवर्तन लाइ समेत बताउँदछ । क्लकलाइ सेट गर्नेहरू त्यही मानिसहरू हुन, जसले शिकागोको अटोमिक साइन्टिस्ट्सको बुलेटिन तयार गर्दछन । यसकी एग्जिक्युटिभ डाइरेक्टर केनेट बेनेडिक्टका अनुसार, आज क्लाइमेट चेन्जमा जसरी कुनै प्रकारको कन्ट्रोलिङ छैन र परमाणु हतियारहरू बढाउने जुन होड चलिरहेको छ । जसले पुरै मानव जातिमाथि हरेक पल विनाशको खतरा मण्डराइरहेको छ ।
संसारका नेताहरूले यी खतराहरूबाट आफ्ना नागरिकहरूको सुरक्षाका लागी जति सक्दो छिटो र ठुलो परिमाणमा काम गर्नुपर्दछ, तर जुन हिसाबले काम हुनु पर्ने हो, त्यति भैरहेको छैन । यसको नतीजा आज पृथ्वीमा बस्ने हरेक जिवन खतराको छायाँमा रहेको छ ।
क्लक सेट गर्ने कमिटिका अनुसार ग्रीन हाउस ग्याँसको उत्सर्जनमा सन १९९० को तुलनामा ५० प्रतिशतले बढोत्तरी भैरहेको छ । त्यस्तै फोसिल फ्यूल निकाल्नमा पनि हरेक बर्ष ६६० अरब पाउण्ड भन्दा धेरै लगानी भैरहेको छ । यी सबैबाट क्लाइमेट चेन्जमा जुन असर पर्नेछ, त्यसमा लाखौं करोडौ मानिसहरूलाइ नोक्सान पर्नेछ र मानव जाति अहिले जुन इकोलोजिकल सिस्टममा टिकिरहेको छ, त्यहि खतरामा पर्नेछ । यो खतरा पुरै मानवजाति माथिको हो ।

के हो डूम्सडे क्लक ?
यो पृथ्वीमा मण्डराइरहेको खतराहरूको अनुमान गर्ने एक काल्पनिक घडीहो डूम्सडे क्लब । यसलाइ १९४७ मा बनाइएको थियो, जसमा शुरूवाती समय ७ देखि १२ मिनेट राखिएको थियो । त्यसबेला हिरोशिमा र नागासाकीमा एटम बमको हमलाहरू भएका थिए । यस पछि देखि कयौं पटक यस घडीको मिनेट सुईलाइ अगाडी वा पछाडी गरिसकिएको छ । यसको पछिल्लो समय १९ औं पटक मिलाइएको छ ।
यस अघि सन २०१२ मा पनि मिनेट सूई बढाईएको थियो, त्यसबेला पनि परमाणु बम र क्लाइमेट चेन्जको खतरा बताइएको थियो । यसलाइ सेट गर्ने टीममा १७ जना नोबेल प्राइस बिजेता रहेका छन, यस क्लकलाइ निकै गम्भिरताका साथ लिने गरिन्छ ।
साभार श्रोतः कुविक एनपी न्युज

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट