*चर्चित हाँस्य टेलिचलचित्र जिरे खुर्सानी र भद्रगोल पुन: प्रशारण हुँदै*

केहि दिन अगाडी बन्द भएको नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य टेलिचलचित्र जिरे खुर्सानी र भद्रगोल अब फेरी प्रशारणमा आउने भएका छन् । अब यि दुवै हाँस्यटेलिश्रृंखला अबको दुई हप्तामा पुन सञ्चालनमा आउने भएको छ ।
कार्यक्रमको प्रायोजन र विज्ञापन गर्दै आएको विज्ञापन कम्पनी वर्ल्ड भिजन एड्भर्टाइजिङले राखेको धितो रकम नक्कली भएपछि कार्यक्रमको प्रसारण बन्द भएको थियो ।
कम्पनीले कार्यक्रमका लागि सिद्धार्थ बैंकमा राखेको झण्डै ६ करोड रुपैयाँ नक्कली भएको पुष्टी भएपछि प्रसारणमा समस्या परेको स्रोतको भनाई छ ।
नेपाल टेलिभिजनबाट प्रसारण हुने अरु दुई हाँस्य टेलिचलचित्र तीतो सत्य र मेरी बास्सै भने मिडिया हबले प्रायोजन गर्दै आएको छ । नक्कली धितो प्रकरणमा वर्ल्ड भिजन एडभरटाईजिङ कम्पनीका सञ्चालक दिनेश श्रेष्ठ महानगरीय प्रहरी परिसर हनुमान ढोकाको हिरासतमा परेका छन् ।
नेपाल टेलिभिजन सञ्चालक समितिले नक्कली धितो प्रकरणमा व्यापार महाशाखा प्रवन्धक पवन माण्डब्य र आर्थिक महाशाखाका प्रमुख राजन श्रेष्ठलाई निलंबन गरिसकेको छ । जिरे खुर्सानी नेपाल टेलिभिजनको चर्चित कार्यक्रम हो भने भद्रगोलले छोटो समयमा नै लोकप्रियता कमाएको छ ।
श्रोतः नेपालीकला

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट