आजको पञ्चाङ्ग
वि.सं. २०७१ चैत्र ०१ गते आइतबार तदनुसार ई. सं. २०१५ मार्च १५ तारिख,
प्लवङ्ग नामक संवत्सर, शाकेः— १९३६, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं.— ११३५, (चिल्लागा)
चैत्र कृष्णपक्षको दशमी तिथि, बिहानको राती ०३ः१९ बजेसम्म, त्यसपछि एकादशी तिथि,
पूर्वाषाढा नक्षत्र, बेलुका ०८ः०८ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, मध्यरात्रीपछि ०१ः५३ बजेसम्म, त्यसपछि मकर राशिमा,
वरीयान् योग, मध्यरात्रीपछि १२ः३८ बजेसम्म, त्यसपछि परिघ योग,
विष्टि (भद्रा) करण, दिउँसो ०४ः११ बजेसम्म त्यसपछि बब करण,
आनन्दादि योगः शुभ, चन्द्रवर्णः पहेंलो, चन्द्रदिशाः पूर्व, योगिनीदिशाः उत्तर, वारशूलः पश्चिम,
आजको व्रत÷पर्वः चैत्र सङ्क्रान्ति,
आजको मूहुर्तः अग्निवास(होमादि),
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्तः
०२ गतेः पापमोचिनी एकादशी व्रत, रुद्राभिषेक(रुद्रीपूजा), पसल थाप्ने, शिलान्यास(जग राख्ने), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने,
०३ गतेः देशोद्धार पूजा, द्विपुष्कर योग, द्विपुष्कर योग बेलुका ०५।२३ बजेदेखि राती १०।५८ बजेसम्म, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), दैलो राख्ने, पुराणश्रवण,
०४ गतेः प्रदोष व्रत, वारुणी योग दिनको ०३।५० बजेदेखि राती ०८।४० बजेसम्म, रुद्राभिषेक(रुद्रीपूजा), अन्नप्राशन(पास्नी),
आजको राशिफल
- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम र भाइचाराका नाममा ठगी गर्नेहरुको क्रियाकलाप देखेर मन खिन्न हुनसक्छ, तर कसैको आलोचना वा विरोध गर्नाले तपाईंले लज्जित बन्नु पर्ने छ । विशिष्ट भनाउँदाहरुले तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा गडबडी आउने सम्भावना देखिन्छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग नहुनाले बन्नै आँटेको काममा समेत बाधा पुग्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आघात पुग्न सक्छ । घरायसी काममा धन खर्च हुनेछ । पारिवारिक जीवनमा निरसता आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्त वा मित्रले आज अप्रत्याशित रुपमा सहयोग गर्नेछन् । जीवनसाथी र बालबच्चासितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विगतमा गरेको परिश्रमको प्रतिफल नपाउनाले मन खिन्न हुनेछ । रोकिएका काममा अझ बिलम्ब हुनसक्छ । पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । सामाजिक सभासमारोहमा सहभागी हुनाले महत्वपूर्ण काम रोकिन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक, सामाजिक क्षेत्र वा मित्रवर्ग बाट धोका हुनसक्छ । रगतमा खराबी देखिन सक्छ वा छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विद्वान र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक र व्यक्तिगत प्रतिष्ठाप्रति सचेत हुनु राम्रो हो । नजिकैको साथीभाइ र मित्रले अपमानित तुल्याउन सक्छ । इष्टमित्र र नातागोताका झैझगडा र किचलो थाहा पाएर दिक्क लाग्नेछ । आफन्तलाई टाढा हुन नदिनु, नत्र निराशा हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अप्रिय र नचाहेको काममा सरिक हुनु पर्नेछ । व्यापारिक वा दैनिक कामहरू समेत सम्पन्न गर्न मुस्किल पर्नेछ । नियमित खानपान र विश्रामको अनुकूलता नपाउन सकिन्छ । अनावश्यक र फाइदा नहुने काममा दौडधूप गर्नुपर्ने दिन छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । शरीरमा पीडा हुनेछ । घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिन सक्छ । दिउँसो अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ । परिवारबाट असहयोग हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।  आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
- मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate