**दर्शकले दिक्क मानेपछि मात्र भद्रगोल बन्द हुने (भिडियो सहित)**

फागुन २९, काठमाडौं । यतिबेला निकै चर्चामा रहेको हाँस्य टेलिश्रृंखला भद्रगोलका दुई कलाकार अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले दर्शकले दिक्क मानेपछि मात्र भद्रगोल बन्द गर्ने बताएका छन् । रेडियो अडियोको नियमित साप्ताहिक कार्यक्रम चम्पा चमेलीमा कुरा गर्दै कलाकार द्धय पाँडे र जिग्रीले भने भद्रगोलको गाडि कहिले सम्म गुड्छ भन्ने कुरा दर्शकको हातमा छ । हामी दर्शकको साथ पाईन्जेल गाडी कुदाई रहन्छौं । दर्शकले भद्रगोल हेरेर हाँस्न पाउनु पर्यो दिक्क मान्न थालेपछि त सक्किो गोनि । दर्शकले दिक्क मानेपछि भद्रगोल बन्द हुन्छ तपाई पनि ढुक्क हुनुस् । 

पछिल्लो समय भद्रगोल टेलिश्रृंखला अभिनय गर्ने प्राय हरेक कलाकारले बोल्ने थेगोहरु हिट छन् । सक्किगो नि, ए आम्मा हो, मेरी आम्मै नि, ए हो ठिकै छ, जस्ट स्लो मोसनमा, बोरो जस्ता यतिबेला नेपाली समाजका चल्तिका शब्द भएका छन् । अभाव र तनावको दैनिकिलाई नेपाल टेलिभिजनमा शुक्रबार राती ८ बजेको समाचार पछि प्रशारण हुने भद्रगालले केहि औषधीका काम गरेको छ कलाकार जिग्री भन्छन्ः निक्कै मेहेनेत र संर्घष पछि भद्रगोलले मात्रै पहिचान बनाएको छैन हाम्रो चिनारी र जिम्मेवारी पनि बढेको छ ।

अर्का कलाकार पाँडे भन्छन् भद्रगोल जस्तै अब यो समाजलाई अरु पनि नयाँ र सिर्जनशिल हास्य व्यंग कार्यक्रमको खाँचो छ । नयाँ कार्यक्रमले नयाँ कलाकार जन्माउनु नै छ ।  लोकप्रिय टेलिश्रृंखला भद्रगोलका कलाकार द्धय अजुर्न घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसँगको थप कुराकानी सुन्न र हेर्न सक्नुहुनेछ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट