कैलाली,मंसिर १३ – दिपायलबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको यात्रुबाहक बस कैलालीको खानीडाँडामा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
ना ५ ख ५४२० नम्बरको बस गएराति साढे १२ बजे दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । घाइतेको उपचारका लागि भारतको हल्दानी पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २५ जनाको भने कैलालीको अत्तरीया अस्पतालमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।