काठमाडौं । लोकगीतमा मौलिकताको खोजी गर्ने पशुपति शर्माको स्वर रहेको नयाँ गीत बजारमा आएको छ । पशुपति शर्मा र रमिला न्यौपान स्वर रहेको ‘घाम लाग्यो शितलु भयो, डाँडैको पिपलु छाँयाले…बोलको गीत रहेको छ ।
पशुपति शर्माको शब्द रहेको गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । शंकर बिसी, रश्मी तामाङ्ग र गायकद्वय न्यौपाने र शर्माले अभिनय गरेका छन ।
मैले तिम्लाई रोजिसक्या छु, आज त भेट्न आउँदिन है कालु,मेड ईन नेपाल लगायतका गीत बजारमा ल्याइसकेकी रमिलाले नयाँगीतवाट राम्रै चर्चा पाउने अपेक्षा गरेकी छिन् ।
केही सन्देशमुलक गीत गाएका कारण पनि गायक शर्मा लोकप्रेमी स्रोताको विचमा परिचित छन् । पछिल्ला बर्षहरुमा नेपाली लोकसँगीतमा पशुपतिले एकछत्र राज गरिरहेका छन् । उनका सवैजसो गीत दर्शक स्रोताले अत्यधिक रुचाएका छन् ।
श्रोतः अनलाइनखबर