काठमाडौँ । अहिले त जाडो मौसम छ । जण्डीस रोगको त्यती खतरा छैन । तर गर्मी यामको शुरुवात संगसंगै शहर बजारको खाना तथा पानीको माध्यमबाट झाडापखाला, जण्डिस आदि रोगहरु फैलिएको वा फैलिन सक्ने सम्भावना बढ्छ । जसका कारण्बाट स्वास्थ्य संस्थामा भिडभाड बढ्न थाल्छ । तर गर्मीमा मात्रै जण्डिस हुन्छ भन्ने होइन । फोहोरी,बासी र फोहोर पानीका कारण लाग्ने रोग हो ।
- १ पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं ।
- २ फलफूल, साग पात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।
- ३ सडेगलेका, झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं ।
- ४ काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।
- ५ खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु, पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य रुपपमा साबुन पानीले हात धोऔं ।
- ६ माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु भिन्दा–भिन्दै प्रयोग गरौं ।
- ७ होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै खाने गरौं ।
- ८ कांचै खाइने सलाद जस्ता खानेकुराहरु उमालेको अथवा निर्मलीकरण गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग गरौं ।
- ९ पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं
- १० खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ ।
- ११ अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु, तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने तरकारी फलफुल काट्न प्रयोग गर्नु हुँदैन ।
- १२ घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं ।
- १३ उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग नगरौं ।
- १४ बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाऔं ।