फेसबुक एकदिनका लागि बन्द हुने !

 CLICK TO VIEW
एजेन्सी ।
पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकमा ब्यापक परिवर्तन आइरहेको छ । फेसबुकले नयाँ वर्ष २०१५ मा अझै धेरै परिवर्तन गर्दैछ ।

सन् २०१५ को शुरुवात देखि नै फेसबुकले आफ्नो पलिसी र प्राइभेसी झनै मजबुत बनाउँदै लगेको छ । फेसबुकले इमेल र नोटिफिकेसनबाट यस्ता परिवर्तनबारे निरन्तर दिइरहेको छ ।

फेसबुकले आफ्नो डाटा नीति, कुकीज पलिसी र शर्तलाई बलियो बनाउँदै लगेको भने चलाउनका लागि सजिलो होस् भनेर अन्य परिवर्तन पनि गरिरहेको छ ।

यसै क्रममा फेसबुकले यसमा गर्नु पर्ने परिवर्तनबारे आफ्ना प्रयोगकर्तासँग सुझाव मागिरहेको छ । यस्तो सुझाव दिने क्रममा प्रयोगकर्ताले विभिन्न खाले धारणा राखेका छन् ।

त्यस्तै फेसबुकले गरिरहेको नयाँ परिवर्तनका क्रममा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई प्रयोगकर्ताहरुले नयाँ नयाँ सुझाव दिएका छन् । जसमा कतिपय युजरले त फेसबुकको विषयमा आफ्ना धारणा सार्वजनिक रुपमा समेत राखेका छन् ।
CLICK TO VIEW

यस्तै सुझाव मध्ये सबै भन्दा बढि आएको सुझाव मध्ये प्रयोगकर्ताहरुले फेसबुकलाई २४ घण्टा सम्म बन्द गर्न सुझाव दिएका छन् ।

फेसबुकका प्रयोगकर्ता एन्थोनी फोर्गुसन नामका पुरुषले वर्षमा एक दिन फेसबुक कम्तिमा २४ घण्टाका लागि बन्द राख्न सुझाव दिएका छन् । यसो गर्दा फेसबुक छोडेर मानिसहरु वास्विक जीवनमै भेटघाट गर्न सक्ने उनको भनाइ छ ।

यस विषयमा संस्थापक जुकरवर्गले आफ्नो टिमसँग सल्लाह गरिरहेको बताइएको छ । फेसबुक बन्द भएको एक दिन रचनात्मक काममा लगाउनु पर्ने समेत एन्थोनीको भनाइ छ । त्यसैगरी अन्य प्रयोगकर्ताले फेसबुकमा क्याण्डीक्रश लगायतका खेलको अटो नोटिफिकेशन प्रणाली पनि बन्द गर्न सुझाव दिएका छन् ।

यो पनि हेर्नुस् 
  • फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा
  • होस् गर्नुहोस् ! फेसबुकमा अव केही पनि लुक्दैन
  • हामीले प्रयोगकर्ताका तस्वीर बेच्दैनौँ -फेसबुक
  • फेसबुकले नयाँ नियम लागु गर्दै छ, तपाईलाई थाहा छ ?
  • आफ्नो फेसबुक एकाउन्ट हृयाक हुनबाट यसरी बचौं
  • फेसबुकमा अपरिचित केटीको म्यासेज आउँछ ? सावधान ! ह्याक हुनसक्छ
  • फेसबुक चलाउँदा होसियार: प्लस टुमापढ्ने किशोरीमाथि सामूहिक बलात्कार
  • आफ्नो फेसबुक एकाउन्टबाट सजिलै पैसा कमाउनुहोस्
  • फेसबुकको टाइमलाइनमा यो मेसेज आए सावधान
  • समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट